जोन्सन एण्ड जोन्सन कम्पनीले जरिबाना १५ मिलियन डलर भन्दा बढी तिर्नुपर्ने – Sagarmathapana:: Online News Portal

जोन्सन एण्ड जोन्सन कम्पनीले जरिबाना १५ मिलियन डलर भन्दा बढी तिर्नुपर्ने

   २०८१ कार्तिक १ गते  

एजेन्सी । अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार जोन्सन एण्ड जोन्सन  कम्पनीले एक व्यक्तिलाई १५ मिलियन डलर भन्दा बढी तिर्नुपर्ने भएकाे छ। खासगरी, यी व्यक्तिले कम्पनीको बेबी पाउडरमाथि गम्भीर प्रश्न उठाउँदै २०२१ मा मुद्दा दायर गरेका थिए । ती मुद्दा दायर गर्ने व्यक्तिले यस पाउडरको लगातार प्रयोगले क्यान्सरको जोखिम हुने दाबी गरेका थिए।

जोन्सन एण्ड जोन्सन चिरपरिचित कम्पनी हाे । बालबालिकाको हेरचाहसँग सम्बन्धित यस कम्पनीका उत्पादनहरू प्राय हरेक घरमा प्रयोग गरिने गरिन्छ। तर अहिले भने यो कम्पनी समस्यामा परेकाे छ।

कम्पनीको बेबी पाउडर विरुद्ध यी गम्भीर आरोप

कनेक्टिकटका इभान प्लोटकिनले दशकौंसम्म ट्याल्क पाउडरकाे प्रयोग गर्दा उनलाई मेसोथेलियोमा जस्तो दुर्लभ क्यान्सर भएकाे जे एण्ड जेको बेबी पाउडरमाथि आरोप लगाएका थिए । उनले सन् २०२१ मा आफ्नो रोग पत्ता लागेपछि कम्पनीविरुद्ध मुद्दा दायर गरेका थिए ।

कनेक्टिकटका एक व्यक्तिद्वारा मुद्दा दायर

उपचारपछि रोगबाट निको भएपछि, इभान प्लोटकिनले जोन्सन एन्ड जोन्सन कम्पनीको विरुद्ध मैदानमा उत्रने तयारी गरेका थिए । उनले फेयरफिल्ड काउन्टी, कनेक्टिकट सुपीरियर कोर्टमा मुद्दा दायर गरेका हुन् । उनले यो बेबी पाउडरको प्रयोगले उनलाई गम्भीर रोग लागेको बताएका छन्। न्यायाधिशहरूले मुद्दालाई गम्भीरताका साथ लिए र जोन्सन एन्ड जोन्सनले क्षतिपूर्ति तिर्नु पर्ने कुरा फैसला पारे जुन पछि मुद्दा हेर्ने न्यायाधीशले निर्धारण गर्नेछन्। अहिले, कम्पनीलाई १५ मिलियन डलर तिर्न भनिएको छ।

कम्पनीले गलत फैसला विरुद्ध अपिल गर्ने

रोयटर्सको रिपोर्टका अनुसार, जोनसन एन्ड जोन्सनको बेबी पाउडरको विषयमा यस्तो गम्भीर आरोप लगाउने इभान प्लटकिनका वकिल बेन ब्रिलीले एक ईमेलमा बताएका छन् । उनको ट्रायल टोलीले जोनसन एन्ड जोन्सनलाई फेरि दोषी पाएकोमा उत्साहित रहेकाे जनाएकाे छ ।यसमा एक प्रकारको हानिकारक फाइबर एस्बेस्टोस भएको दाबी गरिएकाे छ । बेबी पाउडर उत्पादनको बजारीकरण र बिक्रीमा सरकारलाई जवाफदेही बनाउने फैसला पनि गरिएकाे छ ।

अर्कोतर्फ, जे एण्ड जेका तर्फबाट, एरिक हास (लिटिगेसन अफेयर्सका उपाध्यक्ष) ले जूरीको फैसलाका विषयमा एक विज्ञप्तिमा कम्पनीले ट्रायल न्यायाधीशको गलत फैसलाहरू विरुद्ध अपील गर्ने जनाएका छन्। उनले यो मुद्दासँग सम्बन्धित महत्वपूर्ण तथ्य सुनुवाइबाट रोकिएको भन्दै वैज्ञानिक परीक्षणले जोन्सन एण्ड जोन्सनको बेबी ट्याल्क सुरक्षित रहेको र यसमा एस्बेस्टोस नभएको पनि उनले दाबी गरे । यसरी, उनले याे कुनै प्रकारको क्यान्सरको कारण नभएकाे पनि बताए ।

नेपालमा पनि व्यापार 

अमेरिकी फार्मा कम्पनी जोन्सन एन्ड जोन्सनको पनि नेपालमा पनि ठूलो काराेबार हुने गरेकाे छ र लामो समयदेखि बेबी पाउडर बिक्री हुँदै आएको छ। कम्पनीको जोन्सन बेबी पाउडर नेपाली बजारमा निकै लोकप्रिय छ । यो पाउडर धेरै जसो घरहरूमा साना बच्चाहरूको लागि व्यापक रूपमा प्रयोग गरिन्छ। बेबी पाउडर बाहेक, कम्पनीले नेपालमा बेबी स्याम्पु, बेबी साबुन र बेबी तेल पनि बेच्दछ र तिनीहरूको ठूलो माग छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै