छक्का पञ्जा–५’को चार दिनको ग्रसकलेक्सन ६ करोड ५० लाख – Sagarmathapana:: Online News Portal

छक्का पञ्जा–५’को चार दिनको ग्रसकलेक्सन ६ करोड ५० लाख

   २०८१ आश्विन २८ गते  

काठमाडौं । छक्का पञ्जा–५’को चार दिनको ग्रसकलेक्सन रिपोर्ट आइसकेको छ । “चार दिनमा ६ करोड ५० लाख ग्रसकलेक्सन गरेको छ,निर्मातासमेत रहेका दीपकराज गिरीले”  भने, “अहिले पनि अधिकांश हलमा सिनेमा हाउसफूल छ ।

”चलचित्र ‘छक्का पञ्जा–५’को आक्रामक ग्रसकलेक्सन जारी छ । पाँचौं दिनसम्म आइपुग्दा पनि सिनेमा हाउसफूल छ ।

चलचित्रमा प्रकाश घिमिरे, आर्यन सिक्देल, निर्मल शर्माको लगायतको पनि अभिनय छ ।

‘छक्का पञ्जा–५’ले पहिलो दिनमै २ करोडभन्दा माथि कमाइ गर्दै ‘छक्का पञ्जा’ सिरिजकै सबैभन्दा ठूलो ओपनिङ गरेको थियो ।

‘छक्का पञ्जा–५’लाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । चलचित्रमा दीपकसँगै केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् ।

चलचित्रले हास्यव्यंग्यका साथै भ्रष्टाचार र सरकारी सेवामा हुने अनियमिततामाथि व्यंग्य गरेको छ । ‘छक्कापञ्जा ५’लाई श्री व्यंकटेश इन्टरटेनमेन्ट र माता पाथिभार फिल्मसले वितरण गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै