एयर इण्डियाको विमानमा बम रहेको चेतावनीपछि नयाँ दिल्लीमा अवतरण – Sagarmathapana:: Online News Portal

एयर इण्डियाको विमानमा बम रहेको चेतावनीपछि नयाँ दिल्लीमा अवतरण

   २०८१ आश्विन २८ गते  

काठमाडौं ।  न्यूयोर्कका लागि मुम्बईबाट उडेको एयर इण्डियाको विमानमा बम रहेको चेतावनीपछि नयाँ दिल्लीमा अवतरण गराइएको छ । २३९ यात्रू रहेको विमानमा बमको धम्कीका कारण दिल्लीमा डाइभर्ट गरिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । दिल्ली एयरपोर्टमा अवतरण गर्दा तलासी लिँदा विमानमा केही नभेटिएको बताइएको छ ।

सबै यात्रु सकुशल रहेको र थप अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् । भारतीय मिडियाहरूले यस विषयमा दिल्ली पुलिसले एक बयान पनि जारी गर्दै विमान हाल दिल्ली विमानस्थलमा रहेको, यात्रु र चालक दलको सुरक्षा सुनिश्चित गर्न सबै मानक सुरक्षा प्रोटोकलहरू पछ्याइएको जानकारी दिएको उल्लेख गरेका छन् ।

यसअघि अगस्टमा मुम्बईबाट आएको एयर इन्डियाको विमानमा पनि बमको धम्की आएको थियो । विमानको शौचालयमा टिस्यु पेपरमा ‘उडानमा बम छ’ लेखिएको सन्देश भेटिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै