चेन्नईमा मैसूर-दरभंगा एक्सप्रेस रेल दुर्घटना – Sagarmathapana:: Online News Portal

चेन्नईमा मैसूर-दरभंगा एक्सप्रेस रेल दुर्घटना

   २०८१ आश्विन २६ गते  

तमिलनाडु । तमिलनाडुमा शुक्रबार राति मैसूर-दरभंगा एक्सप्रेस रेल एउटा मालगाडीसँग ठोक्किएको हो । दुर्घटना कावराइपेट्टई रेलवे स्टेशन नजिक भएको हो। चेन्नईबाट यस स्टेशनको दूरी ४१ किलोमिटर छ।

अधिकारीहरुका अनुसार दुर्घटना राति ८.३० बजे भएको हो । समाचार तयार पार्दासम्म कुनै हताहतीको खबर छैन। केही व्यक्ति भने घाइते भएका छन् ।

चेन्नई सेन्ट्रलबाट मेडिकल राहत भ्यान र उद्धार टोली घटनास्थल पुगेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार कावराइपेट्टई रेलवे स्टेशनमा मालसामान रेल पार्किङ गर्दा पछाडिबाट आएको यात्रुवाहक रेलसँग ठोक्किएको थियो।

३ वटा डिब्बामा आगलागी भएको छ भने ५–६ वटा डिब्बा लिकबाट खसेका छन् । जसका कारण ट्र्याकमा अप/डाउन आवतजावत प्रभावित भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै