बाध्यता की रहर बडादसैँको दिन विमानस्थलमा वैदेशिक रोजगारीमा जानेहरूको भीड – Sagarmathapana:: Online News Portal

बाध्यता की रहर बडादसैँको दिन विमानस्थलमा वैदेशिक रोजगारीमा जानेहरूको भीड

   २०८१ आश्विन २६ गते  

 काठमाण्डौ। बडादसैँको मुख्य दिन आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जानेहरूको भीड लागेको हो । विजयीदशमीको तयारी घरघरमा भइरहेको क्षणमा पनि नेपालीहरू रोजगारीका लागि स्वदेश छोडन विवश छन् ।

दसैँ नेपालीहरुको महान चाड हो । यस पर्वमा विशेष गरेर मान्यजनको हातबाट टीका थापेर आर्थिवाद लिने गरिन्छ । तर, वैदेशिक रोजगारीका कारण धेरैजसो नेपालीहरूले आफूभन्दा ठूलाबाट आर्शिवाद लिने दसैँमा पनि परिवारबाट छुटने क्रम बढदो छ ।

विजयादशमीको दिनमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक भन्दा बाह्य उडानको चाप देखिएको छ । देशमा रोजगारीको अवसर नभएपछि नेपालमा विदेशिनेहरूको संख्या प्रतिदिन बढदै गएको छ । नेपालमा सरदर हरेक दिन १५ सयदेखि २५ सयसम्म मानिसहरू विदेशिने गरेको पाइएको छ ।

 आज विहान सुनसान देखिएको काठमाडौंका सडकहरु दिउँसोदेखि भने मानिसहरुको चहलपकल बढेको छ । बिहान ११ बजेर ३६ मिनेटको शुभ साइतमा आफ्ना घरमा वा आफूभन्दा ज्येष्ठबाट दशैँको टिका लगाएसंगै आफन्तहरुकोमा जाने क्रम बढेको छ ।

जसका कारण सडकहरुमा सर्वसाधारणको चहलपहल देखिन्छ । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा साईतको टीका घरमा लगाइसकेपछि आफन्तहरुकोमा जाने क्रमसँगै सडकमा सर्वसाधारणहरु सवारीसाधन कुरेर बसिरहेको देख्न सकिन्छ ।

अर्कातिर दशैँ मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै आज विहानैदेखि काठमाडौं सुनसान भएको थियो । दशैँको टिकाको दिन टिका प्रासद ग्रहण गरेर मात्रै घर बाहिर निस्किने भएकाले पनि आज दिउँसोसम्म सडकहरु सुनसान थिए ।

दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरु घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो । सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका हुन् ।

विहान सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका थिए । किनमेलका पसलहरु प्रायः बन्द छन् । अर्कातर्फ विजयादशमीको दिन पनि विदेशिनेहरूको लर्को लागेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै