जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार चार वटा बोकाको बलि दिइयो – Sagarmathapana:: Online News Portal

जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार चार वटा बोकाको बलि दिइयो

   २०८१ आश्विन २५ गते  

धनुषाधाम– जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १५ हजार चार वटा बोकाको बलि दिइएको छ ।

मन्दिरमा महाष्टमी तिथिअनुसार बिहिवार साँझ ८ः३९ देखि करिब ८ घण्टासम्म सो सङ्ख्यामा बलि प्रदान गरिएको आयोजक महावीर युवा कमिटीले जनाएको छ ।

रसिद काटेर १४ हजार ६५२, कमिटीको नौ, नेपाल सरकारका विभिन्न निकायबाट ९३ र निःशुल्क रूपमा दुई ५० बोकाको बलि दिइएको समितिका अध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए । उनले गत वर्ष १५ हजार २५१ बोका बलि दिइएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै