‘फिरफिरे फिरिरी’ को अफिसियल पोस्टर सार्वजनिक – Sagarmathapana:: Online News Portal

‘फिरफिरे फिरिरी’ को अफिसियल पोस्टर सार्वजनिक

   २०८१ आश्विन २५ गते  

काठमाडौं- मनोज कुमार अधिकारीको निर्माण रहेको हरर कमेडी जनरामा बनेको फिल्म ‘फिरफिरे फिरिरी’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ ।

पछिल्लो समय संसारभर हरर कमेडी फिल्मले राम्रो दर्शकको साथ पाई रहेको बेला अधिकारीले नेपाली हरर कमेडी फिल्म  ‘फिरफिरे फिरिरी’ बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण  गरेका हुन् ।

मनोज कुमार अधिकारीले यसअघि फिल्म ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ निर्माण गरेका  थिए । आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउने फिल्मले हेरुञ्जेल दर्शकलाई पूर्ण मनोरञ्जन दिनेमा निर्माता अधिकारी विश्वस्त छन् ।

गत साता फिल्मको शिर्ष गीत सार्वजनिक गरिएको थियो । सार्वजनिक गीतले युट्युबमा दर्शकको राम्रै प्रतिक्रिया पाई रहेको छ ।

‘फिरफिरे फिरिरी’ मा सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको छ । यसै फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।  फिल्मको सार्वजनिक पोस्टर अनन्त घिमिरेले डिजाइन गरेका हुन् ।

यो फिल्ममा मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ । यो फिल्ममा जितु तामाङको छायांकन, रोशन दास, प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन, केशव राज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकराउण्ड म्युजिक, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ । फिल्मलाई देशभर आर.आर फिल्म्सले वितरण गर्नेछ । फिल्मको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै