ह्रस्व दीर्घ’ को टीजर सार्वजनिक-रेखा थापा ज्योतिषको भूमिकामा – Sagarmathapana:: Online News Portal

ह्रस्व दीर्घ’ को टीजर सार्वजनिक-रेखा थापा ज्योतिषको भूमिकामा

   २०८१ आश्विन २५ गते  

काठमाडौं- बिहीवार फूलपातिको अवसर पारेर नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ को टीजर सार्वजनिक भएको छ ।  दुई मिनेट लामो टीजरले फिल्मको कथावस्तु, द्वन्द र चरित्र चित्रणबारे प्रष्ट पारेको छ ।

अभिनेता हरिहर अधिकारी तथा अभिनेत्री नीता ढुंगाना यो फिल्ममा प्रेमिल जोडीको रुपमा प्रस्तुत छन् । हरिहरको अर्की अभिनेत्री गरिमा शर्मासँग पनि प्रेम सम्बन्ध देख्न सकिन्छ । अभिनेत्री विपना थापाले फिल्ममा राजनीतिज्ञको भूमिका निर्वाह गरेको अनुमान गर्न सकिन्छ ।

एउटै नक्षत्र, ग्रह र भाग्य भएका प्रेम जोडीको सम्बन्ध र उनीहरुको जीवनमा आउने आरोह-अवरोहलाई टीजरमा देखाउन खोजिएको छ ।

अभिनेत्री रेखा थापा ज्योतिषको भूमिकामा देखिएकी छिन् छन् । टीजरमा दक्षिण भारतका कलाकारहरु ब्रह्मा नन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत, कबीर दुहन सिंहलाई पनि चित्रण गरिएको छ ।
ज्योतिषशास्त्रसँग जोडेर फिल्मको कथा बुनिएको टीजरले प्रष्ट पार्न खोजेको छ।



चन्द्र पन्तको डेब्यू निर्देशनमा तयार भएको फिल्ममा सञ्चिता लुइँटेल, सरोज खनाल, किरण केसी, बुद्धि तामाङ, गरिमा शर्मा, रवीन्द्र झा, नरेन खड्का, आदर्श मिश्र लगायतको पनि अभिनय छ । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको ‘ह्रस्व दीर्घ’को कार्यकारी निर्मातामा धनन्जय गलानी रहेका छन् ।

हरिहर अधिकारीको कथा, प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउड छायाँकार कवीरलालले खिचेका हुन्  आगामी कात्तिक ३० गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्म नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै