दावा याङजुम शेर्पा- आठ हजारमिटर भन्दा अग्ला १४ हिमालको आरोहण गर्ने पहिलो नेपाली महिला
काठमाडौं । विश्वका आठ हजार मिटर भन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छन् दोलखाकी ३३ वर्षीया कीर्तिमानी पर्वतारोही दावा याङजुम शेर्पा ।

दावाले बुधबार बिहान बिहान ५ बजे तिब्बतस्थित ८ हजार २७ मिटर अग्लो शिशपाङ्मा हिमालको सफल आरोहण गरेर विश्वका आठ हजार मिटर भन्दा अग्ला सबै १४ हिमालको आरोहण गर्ने पहिलो नेपाली महिलाको इतिहास बनाएकी हुन् । २२ वर्षको उमेरमा पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी दावाले त्यसयता चार पटक सगरमाथाको आरोहण गरिसकेकी छन् ।












