निर्देशक बिक्रम योङ्हाङको आजुनी माया सार्बजनिक
काठमाडौँ । निर्देशक बिक्रम योङ्हाङको आजुनी माया सार्बजनिक गरिएको छ ।
बिशेष लिम्बु युबायुबती हरुको माया प्रेममा आधार बनाइ र लिम्बु संस्कृतिमाँ हुने परम्परा र संस्कार,भेषभूषा,भाषा जगेर्ना गर्ने उदेस्यले तयार भयेको लिम्बु पालम हालै सेपमान फिल्मको अफिसियल युट्युब मार्फत सार्बजनिक गरिएको छ । आफ्नो मन को कुरा माया प्रेमी लाई देखाउन खोज्दा पनि नबुझ्ने कथा मा तयार भएको युबा बर्ग लाई समेट्न कोसिश गरिएको गितको शब्द मा बुझ्न सकिन्छ।

यो गित मा स्वर साहिल लिम्बु र सम्झना योङयाङ ,संगीतकार साहिल लिम्बु ,एरेन्ज विश्वम आचार्य र राजु कार्की सेवा स्टुडियो रहेको छ भने शब्द रचना सागर केरुङको रहेको छ । यो गित को भिडियो युगल लिम्बु, सबनम जबेगु लिम्बु, फुङ्सो जबेगु लिम्बु, रमिता राई, अभी राई को उत्कृष्ट अभिनय हेर्न सकिनेछ भने सिनेमाटोग्राफर भूपेन्द्र योङहाङ, सम्पादन अर्जुन खड्का को रहेको छ भने कथा ,पटकथा ,लेखन तथा निर्देशन विक्रम योङहाङ (मुहिम) ले गर्नु भयको छ।
निर्देशक योङ्हाङ भन्न्नु हुन्छ आफुले ढाकार बोक्नु नपाए पनि आफ्नो पुर्खा बाउ बाजेले बोकेको ढाकारको महसुस गरेर लेखेको कथामा । तयार भएको भिडियो पुर्बको जन्म गाउँ पाचथर भारपामा छायांकन गरिएको छ।
भिडियो हेर्नुहोस:-












