EN
मेनु
Flash News

मङ्सिर ६ गते भारत जाँदै प्रधानमन्त्री शाह, भोलिपल्टै स्वदेश फर्किने

काठमाडौं।प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण तय भएको छ। निर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्री शाह आगामी मङ्सिर ६ गते अपराह्न भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने भएका छन्।

उनी मङ्सिर ७ गते अपराह्न ४ः२० बजे नेपाल फर्कने कार्यक्रम रहेको छ। यससँगै प्रधानमन्त्री शाहको भारत भ्रमण करिब २५ घण्टाको हुने भएको छ।

छोटो अवधिको भ्रमणका क्रममा प्रधानमन्त्री शाह दिल्ली पुगेर पुनः स्वदेश फर्कने कार्यक्रम तय भएको हो।

प्रधानमन्त्रीको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध र दुई देशबीचको कूटनीतिक संवादका दृष्टिले चासोका साथ हेरिएको छ।

भ्रमणका क्रममा हुने भेटघाट तथा छलफलका विषयमा भने थप विवरण सार्वजनिक हुन बाँकी