EN
मेनु
Flash News

पुर्णिमा राईको चार सहित धरान महिला गोल्डकपमा एपिएफको बिजय शुरुआत

निमा पोङ्स्युवा
धरान।धरानमा पहिलो पटक रात्रिकालीन महिला अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना भएसंगै पहिलो खेल एपिएफ र भारतको झारखण्डको महिला टिम प्रतिस्पर्धा भएको छ । खेलमा पुर्णिमा राईले चार गोल गरेका थिए ।

पहिलो खेलमा एपिएफले ७ गोल गर्दै पहिलो इतिहास रचेको छ । झारखण्डको आक्वा फुटबल क्लबले भने कुनै गोल गर्न सकेन । भोलिको खेल घरेलु टिम धरान र उदयपुर गाईघाट बिच हुने भएको छ ।

डी–१९ क्लब धरान–१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा कात्तिक २८ गतेदेखि मङ्सिर ५ गतेसम्म धरान रंगशालामा सञ्चालन हुदैछ । प्रतियोगितामा नेपालका चर्चित विभागीय टोलीहरू एपीएफ क्लब, नेपाली आर्मी र नेपाल पुलिस क्लबसहित विभिन्न क्लबहरूको सहभागिता रहनेछ। त्यस्तै भारतको झारखण्डस्थित आक्वा फुटबल क्लबले भाग लिनेछ ।

प्रतियोगिताको उपाधि विजेता टोलीले पाँच लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले तीन लाख रुपैयाँसहित ट्रफी पाउनेछ।

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष पुरस्कारस्वरूप ईभी स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्लेयर अफ द म्याच घोषित गरी जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ।

त्यस्तै विधागत रूपमा उत्कृष्ट खेलाडीहरूलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको कुरा आयोजकले जनाएको छ।