EN
मेनु
Flash News

सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ को दोस्रो ट्रेलर सार्वजनिक

काठमाडौं।दिवंगत अभिनेता सुनिल थापाको अन्तिम चलचित्रका रूपमा रहेको ‘हिमालयन गोल्ड’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । निर्देशक धीराज राजवंशीको डेब्यु निर्देशनमा बनेको चलचित्रको निर्माण टिमले शुक्रबार करिब दुई मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो ।

आगामी मङ्सिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको दोस्रो ट्रेलरले हिमाली क्षेत्रमा यार्सागुम्बा संकलनका क्रममा हुने संघर्ष, लुटपाट, विश्वासघात र बदलाको कथा प्रस्तुत गरेको छ ।

ट्रेलरमा हिमाली भेगको प्राकृतिक सुन्दरता, त्यहाँको कठिन जनजीवन तथा यार्सागुम्बा संकलनका लागि विकट क्षेत्रमा पुग्ने सर्वसाधारणले सामना गर्नुपर्ने जोखिमलाई चित्रण गरिएको छ । बहुमूल्य जडीबुटी यार्सागुम्बालाई कथाको केन्द्रमा राखिएको चलचित्रले लोभ, लालच र पैसाका लागि मानिस कुन हदसम्म पुग्न सक्छ भन्ने विषयलाई उठाएको छ ।

हिमाली परिवेश, मानवीय स्वार्थ र संघर्षलाई समेटिएको चलचित्रले दर्शकलाई फरक कथावस्तु र दृश्यात्मक अनुभव दिने अपेक्षा गरिएको छ ।