सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु – Sagarmathapana:: Online News Portal

सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

   २०८१ आश्विन २१ गते  

काठमाडौँ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मदन भण्डारी राजमार्ग अन्तर्गत महेन्द्रझ्याडीस्थित भलखाडामा काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस आज दुर्घटना भएको छ।

आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ। बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए।

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । गाडी दशैँको यात्रु लिएर गइरहेको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै