हिमाल आरोहणका लागि गएका ५ जना रुसी आरोही बेपत्ता
काठमाडौं- धौलागिरी हिमाल आरोहणका लागि गएकामध्ये दुई जना शनिवार वेशक्यापमा फर्किएपनि ५ जना रुसी आरोही सम्पर्क विहिन भएका छन् ।
आरोहण दलको व्यवस्थापन गरिरहेको कम्पनीका अनुसार उनीहरु क्याम्पमा फर्किएका छैनन् भने उनीहरुको रेडियो सेटमा सम्पर्क हुन सकिरहेको छैन ।
आइ एम ट्रेकिङ एण्ड एक्सपिडिसनका म्यानेजिङ डाइरेक्टर पेमा जाङ्बु शेर्पाले उनीहरुको खोजीका लागि हेलिकप्टर पठाउने तयारी भएको जानकारी दिनुभयो । उहाँका अनुसार, ती आरोही शेर्पाबिना नै हिमाल चढ्न गएका थिए । यता, संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागका साहसिक तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले ५ जना आरोहीको सम्पर्क गर्ने उपकरणमा सम्पर्क हुन नसकेको बताउनुभयो । उनीहरुको अवस्थाबारे जानकारी लिन आफूहरुले प्रयास गरिरहेको उहाँको भनाइ छ ।












