प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एनएमबि बैंकले रु. ५१ लाख रकम सहयोग – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एनएमबि बैंकले रु. ५१ लाख रकम सहयोग

   २०८१ आश्विन २१ गते  

काठमाडौं : बाढी पहिरोबाट प्रभावित समुदायहरुलाई अत्यावश्यक राहत र सहायता प्रदान गर्ने उद्देश्यका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनएमबि बैंकले रु. ५१ लाख बराबरको रकम सहयोग  स्वरुप प्रदान गरेको छ।

उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुन:स्थापना गराउन र बिग्रिएका, भत्किएका संरचनाहरुको पुनर्निमाण गर्न महत्वपूर्ण योगदान पुग्ने बिश्वास बैंकले लिएको छ।

बैंकका उच्च पदाधिकारीहरुले आज प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी  उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष हस्तान्तरण गरेका हुन्।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकको सामाजिक उत्तरदायित्व र सामुदायिक कल्याणप्रति आफ्नो प्रतिबद्धता हो।  साथै, यस चुनौतीपूर्ण समयमा दैवी प्रकोपबाट प्रभावित नेपाली नागरिकहरूलाई  चाहिने साथ र सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै