EN
मेनु
Flash News

बिहानै खस्यो घोप्टेभिरमा पहिरो, सडक खुलाउन एकदेखि दुई घण्टा लाग्ने अनुमान

काठमाडौं।चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।

आज बिहान करिब ५ बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार पहिरोका कारण राजमार्गको दुवैतर्फ सवारीसाधन रोकिएका छन् ।

पहिरो हटाएर सडक पुनः सञ्चालनमा ल्याउन प्रहरी र सडक डिभिजन कार्यालयको टोली परिचालन गरिएको उनले जानकारी दिए ।

यादवका अनुसार पहिरो हटाई यातायात सञ्चालनमा ल्याउन करिब एकदेखि दुई घण्टा लाग्ने अनुमान गरिएको छ ।

राजमार्ग अवरुद्ध भएपछि उक्त सडकखण्ड भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सडक सञ्चालनमा नआएसम्म सावधानी अपनाउन आग्रह गरिएको छ ।