चितामा आमा जलिरहिन्, उनीहरू टोलाइरहे, दाइले भाइलाई अँगालो हाले – Sagarmathapana:: Online News Portal

चितामा आमा जलिरहिन्, उनीहरू टोलाइरहे, दाइले भाइलाई अँगालो हाले

   २०८१ आश्विन २० गते  

चितामा आमा जलिरहिन्, उनीहरू टोलाइरहे 😢💔

आमाको चितामा दागबत्ती दिए। अनि, थचक्क बसे। एकले अर्कोको मलिन अनुहार हेरे। दाइले भाइलाई अँगालो हाले। अनि, दाजुभाइले आँसु झारे। त्यसपछि, चुपचाप टोलाइरहे। मलामीमा सन्नाटा छायो। दाजुभाइको त्यो अबोधपना र प्रेम देखेर मलामीका आँखा रसाए।

नोट – अछाम ढुंगाचाल्नाकी सरिता जैसीलाई बिहीबार सुत्केरी व्यथा लागेपछि स्ट्रेचरमा बोकेर ढुंगाचाल्ना स्वास्थ्यचौकी लगिएको थियो। एकदेखि डेढ घण्टाको बाटो थियो। स्वास्थ्यचौकी नपुग्दै उनले राति बाटोमै बच्चा जन्माइन्। साल आएन र धेरै नै रक्तस्राव भइरह्यो अनि ज्यान गयो। चार छोराछोरी टुहुरा भए !

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै