काठमाडौंमा रहेका सङ्खुवासभा भोटखोलाका बाढी पिडितहरु लाई राहत बितरण
काठमाडौं – काठमाडौंमा बसोवास गर्दै आइरहेका भोटखोला क्षेत्र का बाढी पीडित बासिन्दा हरु लाई राहत बितरण गरिएको छ।
पछिल्लो अविरल वर्षामा हजारौँ नागरिक विस्थापित हुने अवस्था आएको भन्दै निरन्तर झरी,बर्षाको कारणले उहा हरुले बनाएर बसोबास गर्दै आएका टहराहरु क्षतिग्रस्त भई बिचल्ली मा परेका भोटखोला,सङ्खुवासभाका १० घर परिवारलाई भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर लामा ज्यु को निर्देशनमा सोही पालिका को कार्यपालिका सदस्य जयवाउ भोटेको प्रतिनिधित्व र काठमाडौं युवा अगुवा समन्वयन कर्ता जो जो भोटे सहित भोटखोला गाउँपालिका को तर्फ बाट राहत बितरण गरिएको हो।

अविरल वर्षापछि देशभरि सयौं जनाको मृत्यु भएको सरकारी तथ्यांक छ भने अझै पनि धेरै बेपत्ता छन् । अर्बौँ रुपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व पनि भएको अध्यक्ष वाङछेदर लामाको प्रतिक्रिया छ ।
एकीकृत प्रयासमा उद्धार, राहत र पुनस्र्थापनाको काम गर्ने सरकारको निर्णय, बाढीपहिरोबाट प्रभावितहरूको खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय को मुल्याङ्कण गर्दै सबै ले आफ्नो आफ्नो क्षेत्र बाट सहयोग गर्नु पर्ने काठमान्डौ मा रही लामो समय बाट पत्रकारिता मा सकृय भोटखोला का गायक तथा पत्रकार वाङ छिरिङ्ग खुम्बुवा ले बिचार राख्नु भयो ।













