काभा पुरुष यु–२० भलिबल खेल्न नेपाली राष्ट्रिय युवा टोली आज श्रीलंका प्रस्थान – Sagarmathapana:: Online News Portal

काभा पुरुष यु–२० भलिबल खेल्न नेपाली राष्ट्रिय युवा टोली आज श्रीलंका प्रस्थान

   २०८१ आश्विन १७ गते  

काभा पुरुष यु–२० भलिबल च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय युवा टोली श्रीलंका गएको छ । १२ खेलाडीसहित १७ सदस्सीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो ।

च्याम्पियनसिप आगामी आइतबारदेखि असोज २६ गतेसम्म कोलम्बोमा हुनेछ । झन्डै डेढ महिनाको प्रशिक्षणपछि टोली श्रीलंका गएको हो ।

नेपालको कप्तानी अर्जुन नेपालीले सम्हाल्ने छन् । केहि महिनाअघि काठमाडौंमा भएको यू–१९ भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको हो ।

च्याम्पियनसिपमा नेपालसहित श्रीलंका, ताजकिस्तान, किर्गिस्तान, माल्दिभ्स र उज्वेकिस्तान सहभागी हुनेछन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै