जुवा खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौँका दुई स्थानबाट २९ जनालाई पक्राउ – Sagarmathapana:: Online News Portal

जुवा खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौँका दुई स्थानबाट २९ जनालाई पक्राउ

   २०८१ आश्विन १७ गते  

काठमाडौँ-  जुवा खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौँका दुई स्थानबाट २९ जनालाई पक्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका २६ मित्रनगरस्थित रामशरण पाण्डेको त्रिपुरा सुन्दरी होटल एण्ड लजमा जुवा (कौडा) खेलिरहेको अवस्थामा काभ्रे तेमाल गाउँपालिका ६ घर भई काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय सोम बहादुर तामाङसमेत १३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ६ हजार रूपैयाँ, ४५ थान कौडा र ४ थान मोबाइल सहित पक्राउ गरेको हो

यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका ९ सनसिटी लाईफ बेकरीस्थित अनिता राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा भक्तपुर चाँगुनारायण नगरपालिका २ घर भएका ४२ वर्षीय नवराज श्रेष्ठ समेत १६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ४२ हजार ५ सय रूपैयाँ, २२ थान मोबाइल र १७ थान कौडा सहित पक्राउ गरेको हो।

उनीहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै