अबिरल वर्षापछि आएको बाढी पहिरोमा हालसम्म २३३ जनाको मृत्यु – Sagarmathapana:: Online News Portal

अबिरल वर्षापछि आएको बाढी पहिरोमा हालसम्म २३३ जनाको मृत्यु

   २०८१ आश्विन १७ गते  

काठमाडौं : शुक्रबार र शनिबार अबिरल वर्षापछि आएको बाढी पहिरोमा हालसम्म २३३ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म २२ जना बेपत्ता भएका छन् भने १६९ जना घाइते भएका छन्।

बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरेको गृहमन्त्रालयले जनाएको छ।

लगातारको वर्षाका कारण रोशी खोला र सुनकोशी नदीमा आएको बाढीले मात्र सिन्धुलीमा १४ वटा पुलमा क्षति पुगेको हो। यस्ता पुलहरूमा क्षति पुग्दा सिन्धुली, रामेछाप, दोलखा र ओखलढुंगा जिल्ला जोड्ने छोटो दुरीका सबै नाकाहरू बन्द जस्तै भएका छन्।

खासा–तातोपानी जोड्ने दुइटा पुल बाढीले बगाएको छ। तातोपानी भन्सार र खासाको सम्पर्क टुटेको छ। छिमेकी देश चीनलाई जोड्ने उत्तरी नाका तातोपानी ठप्प भएको छ।

तराईका  जिल्लासँग यातायातको सिधा सम्पर्कका लागि सुनकोसीका विभिन्न स्थानमा सातवटा पक्की पुलको  निर्माण थालिएको भए पनि सबै पुल अधुरा छन्। खोटाङ–उदयपुर जोड्ने फेक्सिङटारको पुल पनि सुनकोसीको बाढीले बगाएको छ। कतिपय सडक अवरुद्ध बनेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै