देशभर मनसुनी वायुको प्रभाव- सतर्क रहन आग्रह – Sagarmathapana:: Online News Portal

देशभर मनसुनी वायुको प्रभाव- सतर्क रहन आग्रह

   २०८१ आश्विन १७ गते  

काठमाडौं-  जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको बताउँदै सतर्क रहन आग्रह गरेको छ।

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहिबार बिहानैदेखि भारी वर्षा भइरहेको छ।

बिहानैदेखि भारी वर्षा हुँदा मानिसको दैनिकीसँगै यातायात, हवाई उडान पनि प्रभावित बनेका छन्।

यहीँ आश्विन ११ गतेबाट सुरु भएको भारी वर्षाका कारण हालसम्म देशभर २३२ जनाको ज्यान गएको छ भने १६५ जना घाइते र २३ जना बेपत्ता रहेका छन्।

प्रहरीका अनुसार विपद्‍जन्य घटनाबाट देशभर १७ हजार ३१ जनाको उद्दार गरिएको छ।

अब केहीदिन मनसुन पुन:सक्रिय रहने भएकाले विपद्‍जन्य गतिविधिबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो।

हाल कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली भएको छभने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मुख्यतया मौसम सफा रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी तथा बाँकी प्रदेशका एक–दुई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराईका केही स्थानहरुमा हुरीबतास चल्ने सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी तथा बाँकी प्रदेशका एक-दुई स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी, आज दिउँसो कोशी, मधेस ,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस बागमती र गण्डकी तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै