रोजगारका लागि ६ महिना अघि विदेश पुगेका अतित घिमिरे यूएईमा गम्भीर समस्यामा
काठमाडौं । परिवारको भविष्य सुधार्ने उद्देश्यले यूएई गएका अतित घिमिरे भिसा सकिएपछि यूएईमा गम्भीर समस्यामा परेका छन्।
अर्घाखाँचीको पाणिनी गाउँ पालिका वडा नं ७ घर भइ दुबईमा । रोजगारका लागि ६ महिना अघि विदेश पुगेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमाथि भएको आर्थिक, मानसिक र शारीरिक कठिनाइको बारेमा जानकारी गराउँदै उद्धारका लागि अपिल गरेका छन्।
घिमिरेले भिसा सकिएपछि आफ्नो रोजगार गुमाएका छन्। विदेशमा आर्थिक संकटमा परेको र घर फर्कनसमेत असमर्थ रहेको जानकारी दिएका उनले दूतावास र सम्बन्धित निकायको सहयोग आवश्यक रहेको उल्लेख गरेका छन्। हाल उनी स्वास्थ्य समस्यासँग पनि जुधिरहेका छन् र परिवारले समेत उनलाई सहयोग गर्न नसकेको अवस्था छ।
फेसबुक स्टाटसमा उनले भनेका छन्, “म दिनरात रोएर बसिरहेको छु। विदेशमा आएर जसरी संघर्ष गरियो, त्यही सपना आज बिर्सिएर घर फर्किन नसकिरहेको छु। मेरो आर्थिक स्थिति बिग्रिएको छ र म नेपाल फर्कन चाँडो भन्दा चाँडो सहयोगको अपेक्षा गरिरहेको छु।”
अतित घिमिरेले उद्धारको लागि तुरुन्तै नेपाल फर्काउने पहल गर्नुपर्ने र दूतावास वा सम्बन्धित निकायहरूसँग सम्पर्क गरी सहयोगको लागि अपिल गरिरहेका छन्। यूएईमा रहेका अरू नेपालीहरूसँग पनि उनले आफूलाई उद्धार गर्न अपिल गरेका छन्।
विदेशमा रहेका नेपाली श्रमिकहरूको यस किसिमको कठिन अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।












