काठमाडौं।नबिल स्टक डिलर लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। सभाले कम्पनीको हालसम्मको प्रगति, उपलब्धि तथा आगामी कार्यदिशालाई थप सुदृढ बनाउने प्रतिबद्धतालाई निरन्तरता दिएको छ।
कम्पनीले आफ्नो पूर्ण स्वामित्वकर्ता संस्था नबिल बैंक लिमिटेडप्रति निरन्तर विश्वास, मार्गदर्शन तथा सहयोगका लागि आभार व्यक्त गरेको छ। साथै, कम्पनीको विकास र उन्नतिमा योगदान पुर्याउँदै आएका सञ्चालक समिति, व्यवस्थापन, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाहरूप्रति धन्यवाद ज्ञापन गरेको छ।

कम्पनीले विगतका वर्षहरूमा हासिल गरेका अनुभव, उपलब्धि र सरोकारवालाबाट प्राप्त विश्वासलाई आत्मसात् गर्दै आगामी दिनमा व्यावसायिक उत्कृष्टता, सुशासन, पारदर्शिता तथा गुणस्तरीय सेवामा थप जोड दिने प्रतिबद्धता जनाएको छ।
पूँजी बजारसम्बन्धी सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै संस्थागत सुशासन र व्यावसायिक मापदण्डलाई प्राथमिकतामा राखेर अघि बढ्ने कम्पनीको प्रतिबद्धताले आगामी कार्यदिशालाई थप स्पष्ट बनाएको छ।
नबिल स्टक डिलर लिमिटेडले आगामी दिनमा पनि आफ्ना सेवाहरूलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँदै सरोकारवालाको विश्वास कायम राख्ने लक्ष्य लिएको जनाएको छ।







