मैले निःस्वार्थ माया गरेको हो पैसा हेर्ने भए अरु पनि थिए होलान्-एलिना चौहान
पैसाका लागि र अस्ट्रेलिया सेटल हुन विष्णुसँग बिहे गरेको भन्ने आरोपलाई खण्डन गर्दै गायिका एलिनाले भनिन्, ‘पैसा म कमाउँदिनँ र ? अस्ट्रेलिया किन जानुपर्यो म ? यही रंगीचंगी छ । विष्णुलाई मैले निःस्वार्थ माया गरेको हो । मैले नै उसलाई फलो गरेको हो । म लक्की फिल गर्छु कि माया गरेको मान्छेलाई बिहे गर्न पाएँ । त्यो सबैको भाग्यमा हुँदैन । पैसा हेर्ने भए अरु पनि थिए होलान् । अरुलाई पनि हेर्न सकिन्थ्यो होला । ब्रेकअप भएको थियो नि त बीचमा । त्यसपछि अर्को पैसावाला हेर्थे होला । पैसासैसा म्याटर गर्दैन । मैले आफैंले कमाइसक्या छु । मैले जिन्दगीमा थाहा पाएको छु कि पैसाले खुशी किन्न सकिन्न । उसले कमाएको छ, त्यो राम्रो हो । हामी बराबर कमाउँछौं । म चाहें भने जुन देश पनि जानसक्छु । अमेरिका गएर उहीँ लुक्नसक्छु । केटा चाहिन्छ र ?’












