काठमाडौं।सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) को अध्यक्षमा लामा काजी शेर्पा पुनः निर्वाचित भएका छन्।
सोलुखुम्बुको नाम्चे बजारमा सम्पन्न समितिको ३३औँ वार्षिक साधारण सभाले शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
सगरमाथा क्षेत्रको वातावरण संरक्षण, फोहोर व्यवस्थापन तथा पर्वतीय क्षेत्रमा दिगो पर्यटन प्रवर्द्धनका लागि समितिले सञ्चालन गर्दै आएका कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ कार्यसमिति चयन गरिएको समितिले जनाएको छ।
साधारण सभाबाट डोल्मा छिरीङ शेर्पा उपाध्यक्ष, पेम्बा छिरी शेर्पा महासचिव र ङिमा नुरू शेर्पा कोषाध्यक्षमा निर्वाचित भएका छन्।
त्यस्तै, सदस्यहरूमा आङ माया शेर्पा, ङिमा याङजी शेर्पा, पासाङ नुरू शेर्पा, पेमा ओङगेल शेर्पा, पेमा छोसाङ शेर्पा, छेतेन डोमा शेर्पा र छिरिङ किन्जु शेर्पा निर्वाचित भएका छन्।
नयाँ कार्यसमितिले सगरमाथा क्षेत्रको वातावरणीय संरक्षणलाई प्राथमिकतामा राख्दै फोहोर व्यवस्थापन, स्वच्छता अभियान तथा दिगो पर्वतीय पर्यटन प्रवर्द्धनका क्षेत्रमा थप सक्रिय रूपमा काम गर्ने अपेक्षा गरिएको छ।



