EN
मेनु
Flash News

नबिल बैंकको Nबैंक मार्केटप्लेस मार्फत 0 प्रतिशत ब्याजदरमा नयाँ iPhone खरिद गर्न सकिने



काठमाडौं।नबिल बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्तालाई लक्षित गर्दै नयाँ iPhone खरिदका लागि 0 प्रतिशत ब्याजदरमा किस्ताबन्दी (BNPL) सुविधा उपलब्ध गराउने भएको छ।

बैंकका अनुसार ग्राहकले nBank Marketplace मार्फत Buy Now, Pay Later (BNPL) सुविधामा आवेदन दिएर आफ्नो रोजाइको iPhone खरिद गर्न सक्नेछन्। यसका लागि ग्राहकसँग नबिल बैंकको क्रेडिट कार्ड हुनुपर्नेछ।


कसरी गर्ने आवेदन?

नबैंकमार्फत BNPL सुविधामा आवेदन दिन ग्राहकले आफ्नो nBank एपमा लगइन गरी Marketplace मा जानुपर्नेछ। त्यसपछि BNPL विकल्प छनोट गरी आफ्नो नबिल क्रेडिट कार्ड चयन गर्नुपर्नेछ।

त्यसपछि ग्राहकले आफूलाई उपयुक्त आउटलेट तथा iPhone मोडल छनोट गरी किस्ता अवधि (tenure) र डाउन पेमेन्ट रकम उल्लेख गर्नुपर्नेछ। आवश्यक आयसम्बन्धी कागजात अपलोड गरी आवेदन पेश गर्न सकिने बैंकले जनाएको छ।

आवेदन प्रक्रियाका लागि बैंकले निम्न चरणहरू तोकेको छ:

  • nBank मा लगइन गर्ने
  • nBank Marketplace मा गई BNPL छनोट गर्ने
  • आफ्नो नबिल क्रेडिट कार्ड चयन गर्ने
  • आफूलाई उपयुक्त आउटलेट छनोट गर्ने
  • आफूले खरिद गर्न चाहेको iPhone छनोट गर्ने
  • किस्ता अवधि र डाउन पेमेन्ट रकम उल्लेख गर्ने
  • आयसम्बन्धी आवश्यक कागजात अपलोड गर्ने
  • आवेदन पेश गर्ने

यस योजनासम्बन्धी थप जानकारीका लागि नबिल बैंकको Customer Care Center ०१-५९७००१५ मा सम्पर्क गर्न वा customercare@nabilbank.com मा इमेल गर्न सकिने बैंकले जनाएको छ।

नबिल बैंकले यो सुविधा आफ्नो nBank Marketplace मार्फत उपलब्ध गराएको हो।