अल्डरसट,बेलायत।दोस्रो नेपाल आदिवासी फिल्म फेस्टिभल २०२६ (NIFF 2026) बेलायतको अल्डरसटमा सम्पन्न भएको छ। महोत्सवमा नेपाली तथा विभिन्न आदिवासी समुदायको भाषा,संस्कृति, इतिहास र पहिचानलाई समेटिएका चलचित्र, वृत्तचित्र तथा लघु चलचित्रलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिएको छ।
![]()


महोत्सवमा गुरुङ चलचित्र ‘तेनोकुर्सी–ढोगभेट’ ले महत्वपूर्ण सफलता हासिल गरेको छ।चलचित्रका लागि राजेन्द्र खड्काले उत्कृष्ट सम्पादक (Best Editor) तथा सुभाष गुरुङ (गणेश) ले उत्कृष्ट लेखक (Best Writer) को अवार्ड प्राप्त गरेका छन्।
गुरुङ चलचित्र क्षेत्रमा सुभाष गुरुङ विगत दुई दशकदेखि निर्देशन तथा लेखनमा सक्रिय रहँदै आएका छन्।गुरुङ भाषा,संस्कृति र मौलिक कथावस्तुलाई चलचित्रमार्फत प्रस्तुत गर्दै आएका गुरुङ हाल हङकङमा रहेर नेपाली तथा गुरुङ चलचित्र क्षेत्रमा सक्रिय छन्।लेखन तथा निर्देशनमार्फत गुरुङ समुदायका कथा,संस्कार,परम्परा र सामाजिक विषयलाई चलचित्रको माध्यमबाट अभिव्यक्त गर्दै आएका उनको योगदानलाई NIFF 2026 मा उत्कृष्ट लेखकको अवार्डले थप सम्मान गरेको छ।


‘तेनोकुर्सी–ढोगभेट’ गुरुङ समुदायको मौलिक परिवेश र कथावस्तुलाई प्रस्तुत गर्ने चलचित्रका रूपमा महोत्सवमा सहभागी भएको थियो। चलचित्रको सम्पादनतर्फ राजेन्द्र खड्का र लेखनतर्फ सुभाष गुरुङले प्राप्त गरेको अवार्डले गुरुङ चलचित्रको सिर्जनात्मक पक्षलाई समेत अन्तर्राष्ट्रिय नेपाली चलचित्र मञ्चमा थप चिनाएको छ।
महोत्सवमा विभिन्न विधामा प्रदान गरिएको अवार्ड सूची यसप्रकार छ।



SHORT MOVIE
- Tangsingh – Best Short Movie
- Chardam – Best Short Movie Jury Award
DOCUMENTARY
- Baldhyanggadhi – Best Documentary
- Biratnagar Ke Prachin Rajbanshi – Best AI Documentary
- Tantrik Dance – Best Documentary Jury Award
INDIGENOUS FEATURE FILM
- ROSH (Magar Film) – Best Cinematographer
- तेनोकुर्सी–ढोगभेट (Gurung Film) – Best Editor: Rajendra Khadka
- तेनोकुर्सी–ढोगभेट (Gurung Film) – Best Writer: Subash Gurung (Ganesh Gurung)
- Desan (The Epidemic) (Magar Film) – Best Supporting Actor: Bhola Sapkota
- Indira Dhime Maicha (Newari Film) – Best Actress: Rojina Suwal
- Numahangma (Limbu Film) – Best Debut Director: Niyara Subba (Sikkim)
- Indira Dhime Maicha (Newari Film) – Best Director: Surendra Tuladhar
- Jaye Lakhay (Newari Film) – Best Animation Movie
- MUNDHUM: A Secret of Samsama (Limbu Film) – Best Movie
NEPALI PANORAMA — HONOR AWARD
- Mirmire – Best Story
- Koshedhunga – Best Editor: Nahakul Khadka
- Bigul – Best Character Artist: Ramesh Budhathoki
- Citamol – Best Supporting Actress: Januka Biswakarma
- Tara (The Lost Star), Sikkim – Best Debut Actress: Shyama Shree Sherpa
- Unako Sweater – Best Actress: Miruna Magar
- Paran – Best Actor: Nir Shah
- Citamol – Best Actor Jury Award: Saugat Malla
- Gunyu Cholo – Best Actor Jury Award: Najir Husen
- Paran – Best Debut Director: Deepak Acharya
- Gunyu Cholo – Best Director Jury Award: Samundra Bhatta
- Unako Sweater – Best Director: Nabin Chauhan
- Unako Sweater – Best Movie


NIFF 2026 ले नेपालका विभिन्न आदिवासी समुदायका भाषा, संस्कृति, पहिचान र कथालाई चलचित्रमार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने अवसर प्रदान गरेको नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष तथा निफका आयोजक प्रमुख अरुण कुमार प्रधानले जनाएको छ। महोत्सवमा गुरुङ, मगर, लिम्बू, नेवारीलगायत विभिन्न समुदायका चलचित्रले सहभागिता जनाएका थिए।
सुभाष गुरुङको उत्कृष्ट लेखकको अवार्डले दुई दशकभन्दा लामो गुरुङ चलचित्र यात्रालाई थप उचाइ दिएको छ। हङकङमा रहेर पनि नेपाली तथा गुरुङ चलचित्र सिर्जनामा निरन्तर सक्रिय रहेका गुरुङको यो सम्मानलाई गुरुङ चलचित्र क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ।







