EN
मेनु
Flash News

रसुवा–भोटेकोशी बाढीपीडितका लागि अमेरिकाबाट १ करोड ४२ लाख राहत सहयोग

काठमाडौं।रसुवा–भोटेकोशी क्षेत्रमा हालै आएको बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि अमेरिकाबाट करिब १ करोड ४२ लाख रुपैयाँ सहयोग जुटाइएको छ।

अमेरिकाको भर्जिनियामा सक्रिय ‘अमेरिका नेपाल सहयोगी समाज’ (ANHS) ले संकलन गरेको ९२ हजार ९६४ अमेरिकी डलर अर्थात् अनुमानित १ करोड ४२ लाख नेपाली रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।

संस्थाका अनुसार उक्त रकम रसुवा–भोटेकोशी बाढीपहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा उपयोग गरिनेछ।

बाढीपहिरोका कारण प्रभावित बनेका परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापनामा समेत सहयोग पुर्‍याउने उद्देश्यले अमेरिकामा रहेका नेपाली तथा शुभेच्छुकबाट रकम संकलन गरिएको जनाइएको छ।

प्राकृतिक विपत्तिका बेला प्रवासमा रहेका नेपाली समुदायले नेपालमा राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्दै आएका छन्। ANHS को यो सहयोग पनि विपद्बाट प्रभावित समुदायलाई राहत पुर्‍याउने उद्देश्यले गरिएको हो।