काठमाडौं।पश्चिम नेपालको हिम्लुङ हिमाल आधार शिविरमा आइतबार बिहान ठूलो हिमपहिरो गएको छ।
लगातारको वर्षा र भारी हिमपातपछि गएको हिमपहिरोले आधार शिविरमा रहेका केही टेन्टहरू पुरिएको बताइएको छ। हिमपहिरोपछि कम्तीमा १० जना सम्पर्कविहीन भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

![]()
सम्पर्कविहीन हुनेमा Himalayan Holidays Nepal का ८ जना आरोही तथा सहयोगी कर्मचारी रहेका छन्। त्यस्तै, Imagine Nepal Treks का २ जना किचन कर्मचारीसमेत सम्पर्कविहीन रहेको बताइएको छ।

हिमपहिरोपछि आधार शिविरमा रहेका अन्य आरोही तथा सहयोगी टोलीको अवस्थाबारे थप विवरण आउन बाँकी छ। उद्धार तथा खोजी कार्यबारे पनि आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन।
घटनाबारे सम्बन्धित निकायबाट थप विवरण आउन बाँकी रहेकाले सम्पर्कविहीनको संख्या र क्षतिको विवरण परिवर्तन हुन सक्नेछ।
थप विवरण प्राप्त भएपछि समाचार अद्यावधिक गरिनेछ।


