मेनु
Flash News

टीभीएसले नेपालमा ल्यायो नयाँ एनटर्क १५०, १४९.७ सीसी इन्जिन र ५० बढी कनेक्टेड फिचर

काठमाडौं।टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ टीभीएस एनटर्क १५० नेपाली बजारमा सार्वजनिक गरेको छ। १५० सीसी हाइपर स्पोर्ट स्कुटर सेग्मेन्टमा ल्याइएको एनटर्क १५० एनटर्क सिरिजअन्तर्गत नेपालभरका आधिकारिक डिलरमार्फत बिक्रीका लागि उपलब्ध भएको कम्पनीले जनाएको छ।

एनटर्क १५० मा १४९.७ सीसीको एयरकुल्ड ओ३सीटेक इन्जिन प्रयोग गरिएको छ। कम्पनीका अनुसार उक्त इन्जिनले ७ हजार आरपीएममा १३.२ पीएस अधिकतम पावर र ५ हजार ५ सय आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्छ।

स्कुटरले ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति ६.३ सेकेन्डमा लिन सक्ने कम्पनीको दाबी छ। यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको जनाइएको छ।


डिजाइनका हिसाबले एनटर्क १५० स्टेल्थ एयरक्राफ्टबाट प्रेरित रहेको कम्पनीले जनाएको छ। यसमा मल्टिपोइन्ट प्रोजेक्टर हेडलाइट, एरोडाइनामिक विङ्गलेट, स्पोर्टी टेललाइट, नेकेड मोटरसाइकल शैलीको ह्यान्डलबार, सिग्नेचर मफलर र रंगीन अलोय ह्विल दिइएको छ।

स्कुटरको अगाडिको भागलाई एग्रेसिभ तथा एरोडाइनामिक डिजाइनमा तयार गरिएको छ। जेट विमानबाट प्रेरित एयर भेन्ट र इन्टिग्रेटेड विङ्गलेटले यसको स्पोर्टी लुकलाई थप आकर्षक बनाउने कम्पनीको भनाइ छ।

प्रविधितर्फ एनटर्क १५० मा टीभीएस स्मार्टएक्सोनेक्ट प्रविधि उपलब्ध छ। यसमार्फत ५० भन्दा बढी कनेक्टेड फिचर प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। टर्न–बाइ–टर्न नेभिगेसन, लास्ट पार्क्ड लोकेसन, कल तथा म्यासेज नोटिफिकेसन र राइड मोडलगायतका सुविधा यसमा समावेश छन्।

सुरक्षाका लागि स्कुटरमा सिंगल–च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल सिस्टम दिइएको छ। कम्पनीले ट्र्याक्सन कन्ट्रोललाई आफ्नो सेग्मेन्टमै पहिलो सुविधा भएको दाबी गरेको छ। यसबाहेक हाजार्ड ल्याम्प, फलो–मी हेडलाइट, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन र एड्जस्टेबल ब्रेक लिभर पनि उपलब्ध छन्।

एनटर्क १५० मा पेटेन्ट गरिएको ई–जेड सेन्टर स्ट्यान्ड र २२ लिटर क्षमताको अन्डर–सिट स्टोरेज पनि रहेको छ।

स्कुटरमा ‘रेस’ र ‘स्ट्रिट’ गरी दुईवटा राइडिङ मोड उपलब्ध छन्। कम्पनीका अनुसार स्ट्रिट मोडमा आईएसएस र रेस मोडमा बुस्ट फिचरका साथै आई–गो असिस्ट दिइएको छ।

टीभीएस एनटर्क १५० स्टेल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु गरी तीन रङमा उपलब्ध हुनेछ। यसको सुरुवाती मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ।