अर्घाखाँची।चलचित्रप्रेमी दर्शकलाई लक्षित गर्दै अर्घाखाँचीमा अत्याधुनिक सुविधा सम्पन्न चलचित्र भवन ‘जय सन्तोषी माँ’ सञ्चालनमा आएको छ।
नयाँ चलचित्र भवन सञ्चालनमा आएसँगै जिल्लाका दर्शकले अब आफ्नै क्षेत्रमा स्तरीय तथा सुविधासम्पन्न वातावरणमा नेपालीसँगै विभिन्न भाषाका चलचित्र हेर्न पाउने भएका छन्।
आधुनिक प्रविधि र दर्शकमैत्री सुविधासहित सञ्चालनमा आएको चलचित्र भवनले अर्घाखाँचीको मनोरञ्जन क्षेत्रलाई थप व्यवस्थित र चलायमान बनाउने अपेक्षा गरिएको छ।
जिल्लामा यस किसिमको चलचित्र भवन सञ्चालनमा आएपछि चलचित्र हेर्नका लागि अन्य जिल्लामा जानुपर्ने बाध्यता समेत कम हुने स्थानीय दर्शकको विश्वास छ।
‘जय सन्तोषी माँ’ चलचित्र भवनले नयाँ पुस्तामाझ चलचित्रप्रतिको आकर्षण बढाउनुका साथै जिल्लाको चलचित्र संस्कृतिको विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।


