मेनु
Flash News

नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशनमा महामन्त्री पदमा विनय दाहालको उम्मेदवारी

लन्डन-नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशनमा महामन्त्री पदका लागि विनय दाहालले उम्मेदवारी घोषणा गरेका छन्।

समितिले सार्वजनिक गरेको प्रचार सामग्रीअनुसार अधिवेशन २७ सेप्टेम्बर २०२६, आयोजना हुने उल्लेख छ।कार्यक्रममा नेपाली कांग्रेसमा आस्था राख्ने बेलायतस्थित सदस्य तथा अधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।

दाहालले महामन्त्री पदमा उम्मेदवारी दिँदै बेलायतमा रहेका नेपाली कांग्रेस समर्थक तथा सदस्यहरूलाई अधिवेशनमा उपस्थित भई आफ्नो सहभागिता जनाउन आग्रह गरेका छन्।

अधिवेशनमा पूर्वसभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्य र क्रियाशील सदस्यहरूको सहभागिता रहने आयोजक पक्षले जनाएको छ।

दाहालको उम्मेदवारीसँगै नेपाली जनसम्पर्क समिति बेलायतको नयाँ नेतृत्व चयन प्रक्रिया थप चर्चामा आएको छ। नेपाली कांग्रेसका विदेशस्थित जनसम्पर्क समितिहरूले प्रवासमा रहेका नेपाली समुदायसँग पार्टीको संगठनात्मक सम्बन्ध कायम राख्दै राजनीतिक तथा सामाजिक गतिविधि गर्दै आएका छन्।