दुबई।नेपाली फुटबलप्रेमीहरूका लागि यूएईमा ‘बुढासुब्बा गोल्ड कप २०२६’ आयोजना हुने भएको छ।यूएई नेपाली फुटबलसँग जोडिएको प्रतिष्ठित प्रतियोगिताका रूपमा प्रचार गरिएको उक्त प्रतियोगिता आगामी २८ नोभेम्बर २०२६ मा दुबईको DULSCO Arena, Al Quoz मा आयोजना हुने आयोजकले जनाएको छ।

![]()

प्रतियोगिता राति ८:३० बजेदेखि सुरु हुनेछ।खेल, प्रतिष्ठा र पुरस्कारलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको प्रतियोगिताले यूएईमा रहेका नेपाली फुटबलप्रेमीलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगिता UAE Nepali Football Association (UNFA) र Dharan Helping Hands, UAE को समन्वयमा आयोजना हुन लागेको हो। प्रतियोगितालाई Dharan Football Club, Nepal ले सहयोग गर्ने जनाइएको छ।




