मेनु
Flash News

रुषा न्यौपाने नव लक्स कस्मेटिकको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं।मोडल तथा अभिनेत्री रुषा न्यौपाने नव लक्स कस्मेटिक ब्रान्डको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन्। नव लक्स र रुषाबीच ब्रान्ड एम्बेसडरसम्बन्धी औपचारिक सम्झौतासमेत सम्पन्न भएको जनाइएको छ।

नेपालमै उत्पादन हुँदै आएको नव लक्समा फेसवास, मोइस्चराइजर, टोनर, एसपीएफ ५० सनस्क्रिन क्रिम, भिटामिन ‘सी’ सिरम र फुट क्रिम गरी ६ प्रकारका कस्मेटिक उत्पादन रहेका छन्। कम्पनीका अनुसार यी उत्पादनहरू जनवरी २०२६ देखि नेपाली बजारमा उपलब्ध छन्।

अभिनेत्री रुषा हाल छायांकन भइरहेको चलचित्र ‘म मदनकृष्ण’ मा अभिनय गरिरहेकी छन्। उनले यसअघि ‘जन्ते बाख्रो’ लगायतका फिचर फिल्ममा समेत काम गरिसकेकी छन्। फिल्मसँगै रुषाले दर्जनौँ म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन्।


ब्रान्डसँग जोडिन पाउँदा खुसी लागेको बताउँदै रुषाले आफूले प्रयोग गर्दै आएको कस्मेटिक ब्रान्डसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताइन्।

“म यो ब्रान्डसँग जोडिन पाउँदा आफैँमा खुसी छु। आफैँले प्रयोग गर्दै आएको कस्मेटिकको ब्रान्डसँग जोडिन पाउनु मेरा लागि गौरवको कुरा हो,” उनले भनिन्, “म यो ब्रान्डलाई माथि उठाउन र जनस्तरसम्म पुर्‍याउन मैले सकेको सबै प्रयास गर्नेछु।”

नव लक्सले रुषासँगको सहकार्यबाट ब्रान्डको बजार विस्तारसँगै नेपाली उपभोक्तामाझ आफ्नो उत्पादनको पहुँच थप बढाउने लक्ष्य लिएको जनाएको छ।