काठमाडौं।प्रधानमन्त्री बालेन्द्र ‘बालेन’ शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्न न्यूयोर्क पुगेका छन्।
प्रधानमन्त्री शाह सेप्टेम्बर २२ मा काठमाडौं हुँदै कतारको दोहा भएर न्यूयोर्क पुगेका हुन्। उनको संयुक्त राष्ट्रसंघको महासभामा सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। भेटमा नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहकार्यलगायत समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमण हो।महासभामा सहभागिताका क्रममा उनले विभिन्न उच्चस्तरीय भेटवार्ता तथा कार्यक्रमहरूमा समेत सहभागिता जनाउनेछन्।
प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा काठमाडौं फर्किने कार्यक्रम रहेको छ।



