प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणमा के–के भयो ? – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणमा के–के भयो ?

   २०८१ आश्विन १५ गते  

काठमाडौँ । अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन् । उनी आज (सोमबार) अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत थिए ।ओलीको स्वागतका लागि सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेललगायत विमानस्थल पुगेका थिए

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै