एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) दोस्रो खेलमा मधेश युनाइटेडमाथि कर्णाली यसभिसको जित
काठमाडौ – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) दोस्रो खेलमा मा मधेश युनाइटेडमाथि कर्णाली यसभिसले जित हासिल गरेको छ ।
कर्णालीले सोमवार दोस्रो खेलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मधेशमाथि ३-१ को सेटमा जित हात पार्यो ।
पहिलो सेट २५-१५, दोस्रो सेट २५-२० जितेको कर्णालीले अन्तिममा निरन्तर अंक गुमाउँदा तेस्रो सेट गुमायो । एक समय २४-१९ मा रहेर सहज जित तर्फ उन्मुख कर्णालीले निरन्तर अंक गुमाउँदा २६-२८ ले सेट गुमाउँन पुग्यो ।
कर्णालीले चौथो सेटमा भने २५-११ को सेटमा सहज रुपले जित निकाल्दै खेल जित्यो । कर्णालीले आफ्नो दोस्रो खेलमा मंगलवार गन्डकी थन्डर्ससँग खेल्नेछ । उता, मधेशले दोस्रो खेलमा मंगलवार नै ललितपुर क्विन्सको सामना गर्नेछ ।
आजै भएको पहिलो खेलमा ललितपुर क्विन्सले काठमाडौं स्पाइकर्सविरुद्ध ३-१ सेटको जित हात पारेको थियो । पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेको ललितपुरले दोस्रो सेट भने २१-२५ ले गुमाउन पुगेको थियो ।
त्यसपछिका दुई सेट २५-२१ र २५-१९ ले आफ्नो पक्षमा पारेको ललितपुर पहिलो खेलमा नै पूरा ३ अंक जोड्न सफल भयो ।
तेस्रो सेटमा काठमाडौं र ललितपुर दुवै तर्फ खेलाडी घाइते हुँदा समस्या भएको थियो । काठमाडौंकी लिबेरो रश्मीता दुरा घाइते भएपछि कोपिला रानाले चौथो सेट लिबेरोमा खेलिन् । ललितपरुकी थाई स्पाइकर सुत्दाता पनि घाइते भएपछि खेल्न सकिनन् ।
पहिलो दिनको अन्तिम खेल चितवन शक्ति र पोखरा थन्डर्सबीच हुनेछ। ६ टोलीले एकअर्काको सामना गरेपछि अंकतालिकाका












