पासीकोटमा फुटबल रंगशाला निर्माण गर्न राखेप र बूढानीलकण्ठ नगरपालिकाबीच सम्झौता – Sagarmathapana:: Online News Portal

पासीकोटमा फुटबल रंगशाला निर्माण गर्न राखेप र बूढानीलकण्ठ नगरपालिकाबीच सम्झौता

   २०८३ भाद्र १८ गते  

काठमाडौं।राष्ट्रिय खेलकुद परिषद् (राखेप) र बूढानीलकण्ठ नगरपालिकाबीच बूढानीलकण्ठ–४, पासीकोटमा फुटबल रंगशाला निर्माण गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा राखेपका सदस्य–सचिव रामचरित्र मेहता, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र वडा नम्बर ४ का अध्यक्ष श्रीराम केसीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि आवश्यक सहकार्य तथा समन्वय गरिनेछ । रंगशाला निर्माणसँगै स्थानीयस्तरमा खेलकुद गतिविधि विस्तार गर्ने र खेलाडी उत्पादन तथा विकासमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ ।

त्यसैगरी, बूढानीलकण्ठ नगरपालिकालाई खेलकुदमैत्री पालिका बनाउने अभियानअन्तर्गत विभिन्न खेलका पूर्वाधार निर्माण, खेलकुद गतिविधिमा आपसी सहयोग तथा प्रशासनिक र प्राविधिक विषयमा सहकार्य गर्ने विषयमा समेत सम्झौता भएको छ ।

सम्झौताले नगर क्षेत्रमा खेलकुदको पूर्वाधार विकाससँगै विभिन्न विधाका खेल गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै