रसुवाबाट ल्याइएका २१ बेवारिसे शव पशुपतिको विद्युत् शवदाह गृहमा सुरक्षित – Sagarmathapana:: Online News Portal

रसुवाबाट ल्याइएका २१ बेवारिसे शव पशुपतिको विद्युत् शवदाह गृहमा सुरक्षित

   २०८३ भाद्र १८ गते  

काठमाडौँ।रसुवाबाट ल्याइएका २१ वटा बेवारिसे शव पशुपतिस्थित विद्युत् शवदाह गृहमा सुरक्षित राखिएको छ।

पहिचान खुल्न बाँकी रहेका ती शवलाई तत्काल दाहसंस्कार नगरी आवश्यक प्रक्रिया पूरा नहुँदासम्म सुरक्षित राखिएको हो। पशुपति विकास कोषद्वारा सञ्चालित विद्युत् शवदाह गृहमा शवको पहिचान तथा कानुनी प्रक्रिया पूरा गर्न आवश्यक व्यवस्थासहित राखिएको जनाइएको छ।

रसुवामा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानबाट उद्धार गरिएका शवमध्ये पहिचान हुन नसकेका शव काठमाडौं ल्याइएको हो। सम्बन्धित निकायले शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै