नेपालका सांस्कृतिक सम्पदामाथि अमेरिकाले आयात प्रतिबन्ध लगायो – Sagarmathapana:: Online News Portal

नेपालका सांस्कृतिक सम्पदामाथि अमेरिकाले आयात प्रतिबन्ध लगायो

   २०८३ श्रावण ३० गते  

काठमाडौं।नेपाल र अमेरिकाबीच सन् २०२६ जनवरीमा हस्ताक्षर भएको सांस्कृतिक सम्पत्ति सम्झौता कार्यान्वयनमा आएको छ। सम्झौता कार्यान्वयनको क्रममा अमेरिकाले नेपालका पुरातात्त्विक तथा मानवजातीय सामग्रीको आयातमा लाग्ने प्रतिबन्धहरू प्रकाशित गरेको हो।

अमेरिकी पक्षका अनुसार प्रतिबन्धले नेपालको स्वामित्वमा रहेका सांस्कृतिक कलाकृति तथा सम्पदासँग सम्बन्धित सामग्रीको अवैध ओसारपसार र स्थानान्तरण रोक्न सहयोग पुग्नेछ।

अमेरिकाले नेपालको अमूल्य सांस्कृतिक सम्पदाको संरक्षणप्रति आफ्नो प्रतिबद्धता जनाउँदै नेपाली तथा अमेरिकी आगन्तुकले नेपालमै ती सम्पदाको अनुभव गर्न सक्ने वातावरण सुनिश्चित गर्नु प्रतिबन्धको महत्वपूर्ण उद्देश्य रहेको जनाएको छ।

नेपाल र अमेरिकाबीच भएको सांस्कृतिक सम्पत्ति सम्झौतालाई नेपालको ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा संरक्षण र विदेशमा हुने अवैध निकासी नियन्त्रणका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै