ललितपुर बारमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न, प्रशिक्षित मेलमिलापकर्तालाई प्रमाणपत्र वितरण – Sagarmathapana:: Online News Portal

ललितपुर बारमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न, प्रशिक्षित मेलमिलापकर्तालाई प्रमाणपत्र वितरण

   २०८३ श्रावण १८ गते  

काठमाडौं।ललितपुर बार एशोसिएशनको आयोजना तथा शान्तिका लागि सहकार्य नेपालको प्राविधिक सहयोगमा सञ्चालित मेलमिलाप सम्बन्धी आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

२०८३ साउन १० देखि १७ गतेसम्म सञ्चालन भएको तालिमको समापन समारोह सर्वोच्च अदालतका माननीय न्यायाधीश तथा कुमार रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। समारोहमा तालिम पूरा गरेका प्रशिक्षित मेलमिलापकर्ताहरूलाई शुभकामना, बधाई तथा प्रमाणपत्र वितरण गरिएको थियो।


समापन कार्यक्रममा नेपाल बार एशोसिएशनका उपाध्यक्ष अधिवक्ता सरस्वती श्रेष्ठ र अधिवक्ता तेज रावल (बागमती प्रदेश), नेपाल बार एशोसिएशनका पूर्व सदस्य रुपसारु मगर, ललितपुर बार एशोसिएशनका निवर्तमान अध्यक्ष वरिष्ठ अधिवक्ता राम श्रेष्ठ, शान्तिका लागि सहकार्य नेपालका अध्यक्ष नवीन घिमिरे तथा संस्थाका सचिव एवं प्रमुख प्रशिक्षक रमिला कुमारी हुमागाईले शुभकामना मन्तव्य व्यक्त गर्दै नव-प्रशिक्षित मेलमिलापकर्ताहरूलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

कार्यक्रममा मेलमिलाप परिषद्का सदस्य एवं प्रमुख प्रशिक्षक वरिष्ठ अधिवक्ता सुनिता रेग्मी पोखरेल, नेपाल बार एशोसिएशनका सदस्य शारदा गुरुङ, पूर्व केन्द्रीय सदस्य खिमानन्द अधिकारी, ललितपुर बार एशोसिएशनका निवर्तमान उपाध्यक्ष बाबू कृष्ण महर्जन, निवर्तमान सचिव छोनाम मोक्तान तथा अन्य पदाधिकारी र सदस्यहरूको समेत उपस्थिति रहेको थियो।

ललितपुर बार एशोसिएशनले तालिम सफल बनाउन प्राविधिक सहयोग पुर्‍याउने शान्तिका लागि सहकार्य नेपाल, प्रमुख प्रशिक्षक तथा सम्पूर्ण प्रशिक्षकहरूप्रति आभार व्यक्त गर्दै तालिम सफलतापूर्वक सम्पन्न गर्ने सबै सहभागीलाई बधाई दिएको छ। साथै आगामी दिनमा पनि न्यायिक मेलमिलाप र विवाद समाधानको क्षेत्रमा प्रशिक्षित मेलमिलापकर्ताहरूले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै