एकै दिन दुई सिनेमा ‘सानो संसार’ र ‘आँखा’ प्रदर्शन – Sagarmathapana:: Online News Portal

एकै दिन दुई सिनेमा ‘सानो संसार’ र ‘आँखा’ प्रदर्शन

   २०८१ आश्विन ११ गते  

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट दुई नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । सिनेमा ‘सानो संसार’ र ‘आँखा’ प्रदर्शनमा आएका हुन् ।

‘सानो संसार’ पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमा हो । ‘आँखा’ सुकुम्बासी बस्तीमा रहेका भुइँ मान्छेको कथामा बनेको सिनेमा हो ।

निर्माता अर्जुनकुमार र माधवको सिनेमा ‘सानो संसार’ पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमा हो । सिनेमामा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका रहेको छ ।

आँखा’मा जौन योन्जनको लेखन तथा निर्देशन रहेको सिनेमा हो । सिनेमाको मुख्य भूमिकामा स्मिता लामिछाने र आरके मेहता छन् । आरके र स्मितासँगै निशा अधिकारी, सरोज खनाल, पशुपति राई, प्रवीण खतिवडा, विजय बराल, बुद्धि तामाङ, कृष्णभक्त महर्जन, राजन खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, अभयराज बराल र बाल कलाकार प्रसन राई पनि मुख्य भूमिकामा छन् ।

अलोक शुक्लाको छायांकन रहेको चलचित्रको निर्माता निर्देशक योन्जन हुन् । ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको सिनेमामा नारायणप्रसाद बराल कार्यकारी निर्माता, रेनुका कार्की ढोली सह–निर्माता तथा राम बस्नेत लाइन प्रोड्युसरमा छन् ।

कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन रहेको सिनेमाको गीतमा दीपक आरजे र जयन जे वाइवाको संगीत छ । सिनेमालाई आरआर फिल्मसले वितरण गरेको छ ।

उनीसँगै राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै