सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली चल्दा युवकको मृत्यु – Sagarmathapana:: Online News Portal

सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली चल्दा युवकको मृत्यु

   २०८३ श्रावण १४ गते  

सिरहा।सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालय, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार प्रदर्शनका क्रममा गोली लागेर युवकको मृत्यु भएको हो।

मृतकको पहिचान सिरहा तुल्सीपुरका गणेश यादवका रूपमा भएको जनाइएको छ। घटनापछि गोलबजार क्षेत्रमा तनावको अवस्था सिर्जना भएको छ।

प्रदर्शनका क्रममा गोली चल्नुको कारण तथा गोली कसले चलाएको भन्ने विषयमा थप विवरण आउन बाँकी छ। घटनाबारे स्थानीय प्रशासनले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

सुनसरीमा प्रदर्शनका क्रममा गोली चलेको घटनापछि सिरहामा पनि गोली लागेर मृत्यु भएको यो अर्को घटना हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै