नेपालमा TVS Orbiter इलेक्ट्रिक स्कुटर सार्वजनिक, १५८ किलोमिटर रेन्ज र ३४ लिटर बुट स्पेस
काठमाडौं।TVS Motor Company ले नेपालमा नयाँ विद्युतीय स्कुटर TVS Orbiter सार्वजनिक गरेको छ। कम्पनीले सहरी यात्रालाई लक्षित गर्दै सार्वजनिक गरेको Orbiter मा ३.१ kWh ब्याट्रीसहित १५८ किलोमिटर IDC रेन्ज, क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट र ३४ लिटरको अन्डर-सिट स्टोरेजलगायतका सुविधा उपलब्ध छन्।
कम्पनीका अनुसार TVS Orbiter मा स्थिरता र राइड कम्फर्ट बढाउन उद्योगमै पहिलो १४ इन्च फ्रन्ट ह्विल प्रयोग गरिएको छ। उन्नत एरोडाइनामिक डिजाइन, ८४५ मिलिमिटर फ्ल्याटफर्म सिट, २९० मिलिमिटर स्ट्रेट-लाइन फुटबोर्ड र १६९ मिलिमिटर ग्राउन्ड क्लियरेन्सले सहरी यात्रालाई थप सहज बनाउने कम्पनीको दाबी छ।


स्कुटरमा कनेक्टेड मोबाइल एप, एज-टु-एज फ्रन्ट लाइट, भाइजरसहितको फ्रन्ट LED हेडलाइट, कल डिस्प्लेसहितको कलर LCD कनेक्टेड क्लस्टर र USB 2.0 चार्जिङ सुविधा छन्।
यस्तै, दुर्घटना तथा स्कुटर ढलेको अलर्ट, चोरी र टोइङ अलर्ट, जियोफेन्सिङ तथा टाइमफेन्सिङ, लाइभ लोकेसन ट्र्याकिङ, नेभिगेसन, OTA अपडेटलगायतका स्मार्ट कनेक्टेड फिचर पनि स्कुटरमा समावेश गरिएको छ। यसमा Eco र Power गरी दुई राइडिङ मोड उपलब्ध छन् भने रिजेनेरेटिभ ब्रेकिङ प्रणालीले रेन्ज र सुरक्षामा सहयोग गर्ने कम्पनीले जनाएको छ।

TVS Motor Company का अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष Peyman Kargar ले नेपालमा Orbiter सार्वजनिक हुनु दिगो मोबिलिटी समाधान विस्तार गर्ने कम्पनीको यात्राको महत्वपूर्ण उपलब्धि भएको बताए। उनले स्वच्छ, स्मार्ट र दिगो भविष्य निर्माणका लागि विद्युतीय मोबिलिटीमा कम्पनीको लगानी र नवप्रवर्तनलाई निरन्तरता दिने बताए।
नेपालमा TVS को आधिकारिक विक्रेता Shanker Group अन्तर्गतको Jagdamba Motors ले देशभरको बिक्री तथा सेवा सञ्जालमार्फत Orbiter ग्राहकसम्म पुर्याउने जनाएको छ। कम्पनीले TVS iQube को सफलतापछि Orbiter ले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ।

TVS Orbiter नेपालमा Neon Sunburst, Cosmic Titanium र Martian Copper गरी तीन रंगमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार यसको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ।
कम्पनीले नेपाली सडक तथा भू–धरातलीय अवस्थालाई ध्यानमा राखेर स्कुटरको परीक्षण गरिएको जनाएको छ। Orbiter को बिक्रीसँगै नेपालमा स्मार्ट, कनेक्टेड र दिगो विद्युतीय सहरी मोबिलिटीको विकल्प थप विस्तार हुने अपेक्षा गरिएको छ।












