चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’को पहिलो गीत ‘हेर्दै जाउँ..’ सार्वजनिक – Sagarmathapana:: Online News Portal

चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’को पहिलो गीत ‘हेर्दै जाउँ..’ सार्वजनिक

   २०८१ आश्विन ७ गते  

काठमाडौं,  चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’को पहिलो गीत ‘हेर्दै जाउँ..’ को भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोलाई म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
चलचित्रका निर्देशक दीपेन्द्र गौचनले नै यो गीत लेखेका हुन् । जसमा संगीत पनि गौचनकै रह्ेको छ । गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर रहेको छ ।
चलचित्र ’ आगामी कात्तिक ३० गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रको संबादरहित टिजर यसअघि नै सार्वजनिक भइसकेको छ । टिजरले अभिनेता नाजिर र अभिनेत्री सृष्टिबीचको प्रेमलाई दर्शाएको थियो । गीतले पनि यी दुईको प्रेमलाई देखाएको छ । गीतले धोका र बदलाको कथामा सिनेमा निर्माण भएको संकेत गरेको छ ।
दीपेन्द्रले नै निर्माण गरेको यो चलिचत्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्र लगायतको पनि अभिनय छ । यो चलचित्रका कार्यकारी निर्माता नकिम उद्दिन हुन् । निर्देशक गौचन स्वयंको स्क्रिप्ट लेखन रहेको सिनेमालाई अमर महर्जनले खिचेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै