नेपाल टेलिकम बिलिङ प्रणाली भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ – Sagarmathapana:: Online News Portal

नेपाल टेलिकम बिलिङ प्रणाली भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ

   २०८३ असार २६ गते  

काठमाडौं।विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली (बिलिङ सिस्टम) खरिद तथा वार्षिक मर्मतसम्भार (एएमसी) ठेक्कापट्टासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले भ्रष्टाचार भएको पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको निष्कर्ष निकाल्दै नेपाल टेलिकमका तत्कालीन तथा वर्तमान पदाधिकारीसहित सबै प्रतिवादीलाई निर्दोष ठहर गरेको हो।

अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडीलगायत १८ जना प्रतिवादीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा आरोप पुष्टि हुन नसकेको ठहर गरेको छ।  

अख्तियारले बिलिङ प्रणालीको खरिद तथा मर्मतसम्भार सम्झौतामा अनियमितता भएको दाबी गर्दै करिब ३३ करोड ४८ लाख रुपैयाँ बराबरको बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो। तर विशेष अदालतले सम्झौता प्रक्रिया र उपलब्ध प्रमाणका आधारमा भ्रष्टाचार भएको पुष्टि नहुने निष्कर्ष निकाल्दै सबै प्रतिवादीलाई सफाइ दिएको हो।  

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै