विद्यालयलाई अमेरिकी दूतावासद्वारा पुस्तक सहयोग,अंग्रेजी सिकाइ र पठन संस्कृतिलाई प्रवर्द्धन – Sagarmathapana:: Online News Portal

विद्यालयलाई अमेरिकी दूतावासद्वारा पुस्तक सहयोग,अंग्रेजी सिकाइ र पठन संस्कृतिलाई प्रवर्द्धन

   २०८३ असार २५ गते  

काठमाडौं।नेपालस्थित अमेरिकी दूतावासले अंग्रेजी भाषा सिकाइ र पठन संस्कृतिको विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले मङ्गल द्वीप विद्यालयलाई विभिन्न पुस्तक हस्तान्तरण गरेको छ।

गत साता अमेरिकी दूतावासका कार्यवाहक चार्जे डी अफेयर्स स्कट अर्बोम र पब्लिक अफेयर्स प्रमुख माइक हार्करले विद्यालय पुगेर American Spaces Nepal को सङ्ग्रहबाट बालसाहित्य, कथा–उपन्यास तथा अंग्रेजी भाषा शिक्षणसम्बन्धी सामग्री विद्यालयलाई प्रदान गरेका हुन्।

अमेरिकन स्पेसेस नेपालले हरेक वर्ष सञ्चालन गर्दै आएको यस कार्यक्रममार्फत देशभरका विद्यालय र पुस्तकालयलाई पुस्तक उपलब्ध गराउँदै अंग्रेजी भाषा सिकाइमा सहयोग पुर्‍याउनुका साथै पठन संस्कृतिको विकासमा योगदान दिँदै आएको छ।

दूतावासका अनुसार यस वर्षको पुस्तक सहयोगले नेपालभरका विद्यार्थी र शिक्षकका लागि गुणस्तरीय सिकाइका अवसर विस्तार गर्ने अमेरिकी दूतावासको निरन्तर प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै