विपिन कार्कीको इन्ट्रीसँगै ‘मन विनाको धन २’ को कलाकार टोली थप बलियो – Sagarmathapana:: Online News Portal

विपिन कार्कीको इन्ट्रीसँगै ‘मन विनाको धन २’ को कलाकार टोली थप बलियो

   २०८३ असार १८ गते  

काठमाडौं।निर्देशक टंक बुढाथोकीको आगामी नेपाली चलचित्र ‘मन विनाको धन २’ मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन्। पछिल्लो समयका अत्यधिक व्यस्त र चर्चित अभिनेतामध्ये एक मानिने कार्कीको प्रवेशसँगै चलचित्रको कलाकार टोली थप सशक्त बनेको निर्माण पक्षले जनाएको छ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा निर्देशक टंक बुढाथोकी स्वयंको कथा रहनेछ भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन्। हाल चलचित्रको प्रि–प्रोडक्सन कार्य तीव्र गतिमा अघि बढिरहेको छ।  

यसअघि नै चलचित्रका लागि अभिनेत्री पूजा शर्मा, अभिनेता महेश त्रिपाठी, तथा कलाकार सरोज खनाल र किरण केसी अनुबन्धित भइसकेका छन्। विपिन कार्कीको आगमनसँगै चलचित्रप्रति दर्शकको अपेक्षा अझ बढेको निर्माण टोलीको विश्वास छ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै